कांग्रेसले रवि लामिछानेलाई गृहमन्त्री नमान्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २ २०८०
2.3K
SHARES

२ चैत काठमाडौं । सत्ताबाट हठात बाहिरिएर प्रमुख विपक्षी कित्तामा पुगेको नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विधेयक पेश गर्न नदिने भएको छ । गृहमन्त्री लामिछाने आफैं सहकारी ठगी तथा दोहोरो राहदानी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति भन्दै कांग्रेसले संसदमा लगातार प्रधानमन्त्रीको जवाफ माग गरिरहेको छ । प्रतिनिधिसभाको आजको कार्यसूचीमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने रहेकोमा कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने र विधेयक पेश गर्न नदिने तयारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यसअघि एमाले र रास्वपाले नै छानबिनको दायरामा रहेका र प्रश्न उठेका व्यक्ति मन्त्रीमा रहन नहुने भनेर सदनको कारवाही रोकेको स्मरण गराउँदै गृहमन्त्री लामिछानेको सन्दर्भमा दोहोरो मापदण्ड देखाउन नमिल्ने बताए ।कांग्रेसले गृहमन्त्रीलाई विधेयक पेश गर्न नदिने तयारी गरेपछि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।