दीपेश पुनलाई म्याद थपको तयारी
४ चैत काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा समातिएका दीपेश पुनलाई आइतबार प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । बचतकर्ताको ७८ करोड रुपैयाँ अपचलन प्रकरणमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका तत्कालीन सचिव दीपेशलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई सोही दिन राति बुटवल लगिएको थियो ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशको नाम सुन तस्करीमा पनि जोडिएको छ ।इलाका प्रहरी कार्यालय बुटवलमा अन्य थुनुवासँगै ५ नम्बर थुनुवा कोठामा राखिएका पुनमाथि हाललाई सहकारीको रकम अपचलनको विषयमा मात्र छानबिन हुने छ ।