सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न काठमाडौं महानगरपालिकाको आग्रह


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ५ २०८०
2.3K
SHARES

५ चैत काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ ।महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ ।सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ ।