निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको छु – गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १५ २०८०
2.6K
SHARES

१५ चैत काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले निर्मला पन्तको घटनाको विषयमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका हुन् ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । बैठकमा गृहमन्त्री लामिछानेले भने, ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’