मैले तीन महिनादेखि खाना खाएको छैन – रेशम चौधरी


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १९ २०८०
3.8K
SHARES

१९ चैक काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्नो पार्टी वर्तमान सरकारले चलाइदिँदा समस्या उत्पन्न भएको बताए ।उनले आफूले कसैलाई पनि ‘हत्या गर्ने’ चेतावनी नदिएको भन्दै आफूले रोपेको विरुवामा अहिले च्यातचुत पार्ने काम भएको बताए ।

उनले भने, “घरकै मान्छेले नमान्दा झन् ठूलो समस्या हुँदोरहेछ । पार्टीको विरुवा मैले रोपेँ, अहिले बर्बाद बनाउने काम हुँदैछ । तीन महिनादेखि खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पु¥याए । केन्द्रीय समितिको निर्णय मान्दिनँ रे !” उनले आफ्नो पार्टी अरुले चलाइदिन लाग्दा समस्या भएको बताए ।