मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २१ २०८०
2K
SHARES

२१ चैत पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।