कालीबहादुर खाम चितवनमा , आजै अदालतमा पेश गरिने


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २१ २०८०
2.8K
SHARES

२१ चैत चितवन । व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई चितवन ल्याइएको छ । उनलाई आजै जिल्ला अदालतमा पेश गरिने चितवनका एसपी भावेश रिमालले बताए । खाम हिजो काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए । १५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ ।

उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो । आज अदालतमा बुझाइएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने भएको छ । खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजाना र यार्सागुम्बा लुटपाटसम्बन्धी मुद्दा छ ।