सुहाङलाई जिताउन जुट्यौँ – माओवादी नेता शर्मा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०
6.8K
SHARES

२२ चैत काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ मा  हुने उपनिर्वाचनमा सत्तारुढ नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार इलाम २ मा सुहाङ नेम्वाङ दुई दलका साझा उम्मेदवार हुने निश्चित भएको छ। इलामबाट उम्मेदवारका रुपमा एकल सिफारिस भएका नेता धिरेन्द्र शर्मा रमणले एमालेलाई सघाउने निर्णय भएको बताए। ‘हामीले केन्द्रको सहमतिअनुसार यहाँ एमालेका सुहाङ नेम्वाङलाई सघाउने भएका छौँ’, शर्माले  भने, ‘हामी यहाँ एमालेका उम्मेदवारलाई साझा बनाएर जिताउन जुटिसकेका छौँ।’

शर्माका अनुसार माओवादीले इलाम २ छाडेर बझाङ १ को प्रदेश सभा १ लिने सहमति केन्द्रमा भएको बताए। बझाङमा कांग्रेसका प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुँदैछ।माओवादी केन्द्र इलामले धिरेन्द्र शर्माको नाम एकल रुपमा उम्मेदवारका लागि सिफारिस गरेको थियो। शर्माको नाम सिफारिस भएपछि माओवादीले चुनावी तयारी पनि थालेको थियो। तर अब माओवादीको सबै शक्ति सुहाङलाई जिताउन लाग्ने शर्माले बताए।