सुहाङले गराए उमेदवारी दर्ता


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २४ २०८०
3.1K
SHARES

२४ चैत काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका निम्ति नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङले उमेदवारी दर्ता गराएका हुन् । उनीसँगै इलाम–२ मा हालसम्म ६ जनाले उमेदवारी दर्ता गराइसकेका छन् ।

सुहाङ स्व. सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनै सुवासको निधनपश्चात् इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो । उपनिर्वाचन आउँदो वैशाख १५ गते हुनेछ । सुहाङलाई नेकपा (माओवादी केन्द्र)ले पनि सहयोग गर्ने निर्णय गरिसकेको छ ।