विप्लव पनि होमिए चुनावमा , कसले मार्ला बाजी ?
२४ चैत काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि चुनावमा होमिएको छ । संसदिय राजनीतिको चर्को बिरोध गर्दै एकीकृत जनक्रान्तिमा होमिएको बताउने उक्त पार्टीले इलाम-२ मा एमालेको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेर संसदिए चुनावमा होमिएको हो ।
इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने भन्दै प्रेस विज्ञप्ति निकालेको छ ।
एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको भन्दै सुहाङका लागि मत मागिएको छ ।
