सरकार गठनमा मेरो सहभागिता छैन – सभामुख धिताल


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २५ २०८०
4.5K
SHARES

२५ चैत पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले सरकार गठनमा आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन् । एमाले-माओवादी गठबन्धनले सभामुखसहित बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गरेको थियो ।

तर, सभामुख धितालले सरकार गठनमा आफ्नो सहभागिता नरहेको स्पष्टीकरण दिएका छन् । डाटाअनुसार साथीहरूले संख्या पेस गरेका होलान् । मसँग कुनै सरसल्लाह केही पनि भएन यसबारे । म सहभागी हुने कुरा भएन नि’, उनले भने, ‘साथीहरुले छलफल गरेका पनि छैनन् । कसरी जाने भन्ने कुरा त प्रदेश प्रमुखको कुरा भयो नि !’