बझाङमा माओवादीले फिर्ता लिएनन् उम्मेदवारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
7.4K
SHARES

२७ चैत काठमाडौँ । बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनका ४ दलले उम्मेदवारी फिर्ता लिएका छैनन् । निर्वाचन अयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिने समय मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो । तर गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले बताए ।

‘गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनौँ । अब आफ्नै ढंगले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्छौं’, उनले भने । वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्रीले उम्मेदवारी दर्ता गराएका थिए ।