बुढाले मानेनन् प्रचण्डको निर्देशन, जनार्दनको आडमा चुनावी मैदानमा
२७ चैत काठमाडौ । माओवादी केन्द्रका नेताहरूको आन्तरिक लडाइँले बझाङको उपचुनाव प्रभावित भएको छ । माओवादी कैन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै फोन गरेर एमाले उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका थिए ।
त्यही निर्देशनका आधारमा प्रदेश कमिटीले तयारी गरेको थियो । माओवादीका उम्मेदवार जनक बुढाले मंगलबार दिउँसो उम्मेदवारी फिर्ता लिने तयारी भइरहेको थियो ।
बुढालाई पार्टी कमिटीले निर्देशन दिएको थियो । तर, बुढासहित बझाङका माओवादी नेताहरू मात्र होइन, केन्द्रीय नेताहरूले समेत बुढालाई उम्मेदवारी फिर्ता नलिन दबाब दिएका छन् । सोही दबाबका कारण बुढा एमालेका लागि मैदान खाली गर्न तयार नभएको माओवादी नेताले बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पछिल्लो समय टक्कर लिइरहेका उपमहासचिव जनार्दन शर्माले बुढाको उम्मेदवारी रोकेको माओवादी स्रोतको दाबी छ । शर्मानिकट मानिएका बुढा सुदूरपश्चिम प्रदेश कमिटीको सचिव पनि हुन् ।