कोशी प्रदेश : सरकार नबन्दै मन्त्रालयको भागबन्डा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
10.8K
SHARES

२८ चैत विराटनगर । कोशी प्रदेशमा सरकार नबन्दै गठबन्धन दलले भागबण्डा टुङ्गो लगाएका छन् ।मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादीले सोमबार हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार बनाउन प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेश गरेका थिए ।

स्रोतका अनुसार प्रदेशमा रहेका नौ वटा मन्त्रालयमध्ये एमालेले चार वटा राख्नेछ । माओवादी केन्द्रले ३ वटा लिनेछ भने एकीकृत समाजवादी र जसपालाई १–१ वटा मन्त्रालय दिने सहमति छ । कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लग्न बाँकी छ ।