मुख्यमन्त्री कँडेलले लिए शपथ


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
3.1K
SHARES

२८ चैत सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

एमाले संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।