अध्यक्ष ओली आलाङ्चुङ्गोला प्रस्थान


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २९ २०८०
5.3K
SHARES

२९ चैत काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) ताप्लेजुङको आलाङचुङगोला प्रस्थान गरेका छन्। एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटन गर्न अध्यक्ष ओली उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती तथा योगेश भट्टराईलगायत नेता लिएर उनी ताप्लेजुङ गएका हुन्।

अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका रहेको ओलीको सचिवालयले जनाएको छ। ओली त्यसपछि ओलाङचुङगोला पुग्नेछन्।ओली आजै काठमाडौं फर्किने तालिका छ। यसअघि बिहान ओलीले सामाजिक सञ्जालमार्फत आफू आज आलाङ्चुङ्गोला प्रस्थान गर्ने जानकारी दिएका थिए।