२०८४ को निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले भाग लिने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ५ २०८१
4K
SHARES

५ वैशाख काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम विप्लवले आगामी संसदीय निर्वाचनमा भाग लिने संकेत गरेका छन् । केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै मोर्चा हुने बताए ।

उनले भने- चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलन थियो। अब त्यसले काम गर्दैन। चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा हुने भएकोले ०८४ मा चुनावलाई हामीले त्यसरी नै लिनुपर्छ।

चुनाव पनि क्रान्तिकै मोर्चा नमान्ने विगतमा कार्यनीतिक प्रयोग अब पुरानो भएको उनको भनाइ छ । साम्राज्यवाद अहिले नयाँ ढंगले आइरहेको उल्लेख गर्दै आफूहरूले पनि संघर्षको समग्र तरिका प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

साम्राज्यवादले आफ्नो उद्देश्य पूरा गर्न कतिपय देशमा आफैंले कम्युनिष्ट पार्टी खोलेर चलाइरहेको र कम्युनिष्ट पार्टी भित्रै घुसपैठ गरेर समाजवादी आन्दोलनलाई असफल पार्ने भइसकेको जिकिर गरे ।