राइट टू नो भोट – डा. बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ७ २०८१
4.2K
SHARES

७ वैशाख काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वका नेपाल समाजवादी पार्टीले वैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभामा १ मा ‘राइट टू नो भोट’ को नीति अपनाउने भएको छ। दुई दिन बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

प्रवक्ता कृष्ण शर्माका अनुसार बैठकले जनजीविकाका सावाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू सञ्चालन गर्ने नीति, विचार कार्यक्रम र मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद गर्न समिति गठन गरेको छ।

समितिमा प्रवक्ता शर्मासहित सोना सिं स्याङतान र मानुषी यमि भट्टराई रहेका छन्।