४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ७ २०८१
4.4K
SHARES

७ वैशाख काठमाडौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई रुपन्देही अदालतले ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार अदालतले यस्तो आदेश दिएपनि दीपेश भने कारागार चलान भएका छन् ।

मनोजले यस्तो लखेका छन्: 

मेरो बाल्यकालको साथी, नाताले जेठान, जनक्रान्तिका सहयोद्धा दीपेश पुनलाई हामीले रुपन्देही जिल्ला अदालतबाट कारागारतर्फ बिदा गर्‍यौँ । उहाँलाई सुप्रिप सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले चार लाख धरौटी माग गर्‍यो । हामीले उक्त रकम जुटाउन सकेनौँ । आरोप अर्ब ठगी, धरौटी माग चार लाख, हामी त्यो पनि तिर्न सकेनौँ । एक साथी, आफन्तको नाताले पश्चात्ताप पनि लागिरहेको छ । कसैले पत्याए भने हामी ऋण, सापट गरेर धरौटी बुझाउने छौँ । र, खुल्ला आकाशमा स्वागत गर्नेछौँ ।

Manoj