मन्त्रिपरिषद् बैठक बस्दै , यस्ता छन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १० २०८१
3.4K
SHARES

१० वैशाख काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ । बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरू समेत गर्नेछ ।