आयोगले रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई स्पष्टीकरण सोध्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १५ २०८१
5.9K
SHARES

१५ वैशाख काठमाडौ । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूलाई स्पष्टीकरण सोधिने भएको छ ।शनिबार मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोध्ने भएको हो ।

यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।