कांग्रेस अघिअघि, पछ्याउँदै एमाले


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १७ २०८१
2.6K
SHARES

१७ वैशाख काठमाडौ ।बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह अग्रस्थानमा छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले २६४ मतान्तरले अग्रता कायम राखेका छन्। जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सिंह ७ हजार ४९२ मत मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मतसहित पछ्याइरहेका छन्। माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा २ हजार ८९५ मत सहित तेस्रो स्थानमा छन्। नेकपा एकीकृत समाजवादका उम्मेदवार दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन्।