रास्वपा चौथो , सुहाङलाई २६ सय मतको अग्रता
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १७ २०८१
4K
SHARES
१७ वैशाख इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को मतान्तर बनाएका हुन् ।
सुहाङले ८ हजार ४८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत ल्याएका छन् ।त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार २६९ मत सहित चौथो स्थानमा सीमित छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट