सुहाङले १३,९०० मत पाउॅंदा, घण्टीको कति ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १७ २०८१
6.4K
SHARES
१७ वैशाख काठमाडौँ । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ । सोमबार दिउँसो पौने ३ बजेसम्म कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत पाएका हुन् ।
यसैगरी दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार ८ हजार ९१४ मत पाए भने मुढा चिह्न पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार २८५ मत पाएका छन् । उनलाई पहिचनवादीहरुको समर्थन रहेको थियो । यस्तै रास्वपाका मिलन कुमार लिम्बुले १ हजार ९४५ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट