एमाले नेता शर्माद्धारा किशोरी बलात्कृत


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २२ २०८१
11K
SHARES

२२ वैशाख काठमाडौ । काठमाडौँको ठमलेस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। ठमेलको सञ्चयकोश नजिकै रहेको होटलमा गत वैशाख १९ गते आफूमाथि बलात्कार भएको भन्दै पीडित किशोरीले दरबारमार्ग वृत्तमा उजुरी दिएकी छिन्।

दोलखाका एमाले नेता समेत रहेका विदुर शर्माबाट आफू बलात्कारमा परेको ती किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। साथै, उनले जागिरको प्रलोभन देखाएर आफूलाई बलात्कार गरिएको समेत जाहेरीमा उल्लेख गरेकी छिन्। अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, शर्मा अहिले फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसरका ती अधिकारीले  जानकारी दिए।