नीति तथा कार्यक्रम जेठ १ गते


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २८ २०८१
4.6K
SHARES

२८ बैशाख काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम १ जेठमा संसदमा प्रस्तुत गर्ने भएको छ ।

सभामुख र दलका सचेतकहरुसँग बिहीबार सिंहदरबार भएको छलफलमा अर्थमन्त्री वर्षमान पुनले १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराएका थिए ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।