राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बजेट बनाउन दियो १९० सुझाव


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०८१
2.1K
SHARES

१ जेठ काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताएका हुन् । उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको पनि बताए ।

उनले राष्ट्र बैंकले सातै प्रदेशमा प्रि–बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको जानकारी दिए । पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० र मौद्रिक  तथा बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव मन्त्रालयलाई दिएको बताए ।

“प्रदेशका समस्याहरू समाधान गर्ने गरी सरकारलाई सुझाव दिने गरेका छौँ । आगामी आर्थिक वर्षको बजेटको लागि सुझावहरू गइसकेको छ । राष्ट्र बैंकका सुझावमा पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० तथा  मौद्रिक  र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएका छौँ,” उनले भने ।