सादा पोशाकका प्रहरी कान्तिपुर पब्लिकेसन्सको कार्यालयमा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, जेष्ठ ८ २०८१
5.3K
SHARES
८ जेठ काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकै दिन प्रहरीको टोली कान्तिपुर दैनिकको केन्द्रीय कार्यालय पुगेको छ ।
अपराध महाशाखाबाट खटिएका प्रहरी कान्तिपुर गएका हुन् । अध्यक्ष सिरोहियाका छोरा तथा कान्तिपुरका सीईओ सम्भव सिरोहियाले प्रहरी अधिकारीसँग कुराकानी गरेका थिए ।
त्यसपछि एक प्रहरी अधिकारी कान्तिपुरको विल्डिङभित्र प्रवेश गरेका छन् । सिरोहियालाई पक्राउका लागि आएको हुन सक्ने आशंका गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट