प्रचण्ड, ओली र देउवाबीच छलफल


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २१ २०८१
4.2K
SHARES

२१ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।आउँदो आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि संसद्‌मा छलफल जारी छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भने आइतबार (हिजो) पनि छलफल भएको थियो ।