बहुमतले प्रतिनिधिसभाबाट बजेट पारित
११ असार काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
सभा सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले ‘विनियोजन विधेयक २०८१ बहुमतले पारित भएको’ घोषणा गरेकी थिइन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गतको दफावार छलफल सम्पन्न भएसँगै सांसदहरूले राखेका खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्ततु गरिएका थिए । खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।