सत्ता समीकरण परिवर्तनले सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १९ २०८१
2.6K
SHARES

१८ असार, काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको छ ।

यतिबेलासम्म बैंकिङ ५.७, विकास बैंक ४.८, फाइनान्स ५.१, होटल ३.९, हाइड्रोपावर ५.१, लगानी ६.०५, जीवन बीमा ४.३६, उत्पादन ५.३५, माइक्रोफाइनान्स २.९९, निर्जीवन बीमा ३.४, अन्य ५.९ तथा व्यापार ३.४ प्रतिशत बढेका छन् ।

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।