बैंकहरुको सिडी रेशियो ७९ प्रतिशत भन्दा कम


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २५ २०८१
2K
SHARES

२४ असार काठमाडौँ । बैंकिङ्ग प्रणालीमा एकै दिन १२ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६३ खर्ब ५८ अर्ब रहेको निक्षेप बुधबारसम्म ६३ खर्ब ७० अर्ब पुगेको हो। त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५१ खर्ब ५० अर्ब रहेकोमा बुधबार ५१ खर्ब ५२ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ ।

बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५६ खर्ब ४७ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ५७ अर्ब कर्जा प्रवाह भएको छ । सिडी रेशियो घट्दै ७८.८० प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०० प्रतिशत छ ।अघिल्लो दिन सिडी रेशियो ७८.९२ प्रतिशत थियो ।