गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
1.7K
SHARES

२८ असार काठमाडौं । गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख २६ हजार ९९० कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा बैंकका संस्थापकबाहेक अन्य व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी शेयर बिक्रीमा राखिएकोमा केही शेयर बिक्री हुन नसकेपछि सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ। सर्वसाधारणले १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।