गरिमा विकास बैंकले सुरु गर्‍यो अन्तर्राष्ट्रिय क्यूआर पेमेन्टको सेवा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २ २०८१
1.9K
SHARES

२ साउन काठमाडौं । गरिमा विकास बैंकले यही १ साउनदेखि अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सेवा सुरु गरेको छ । यस बैंकले फोनपेसँगको सहकार्यमा उक्त सेवा सुरु गरेको हो । यो सेवा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणाली सुरु गरिएको बैंकले जनाएको छ ।

यो सेवाअन्तर्गत भारतीय ग्राहकहरुले बीएचआईएम र फोनपेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिकस्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्ने बताइएको छ ।

यो सेवा छिटो, छरितो र भरपर्दो रुपमा उपलब्ध गराउन आफ्ना व्यावसायिक ग्राहकसँग सहकार्य गरिएको र यस प्रकारका सेवाले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई पनि अझ सुदृढ बनाउँदै लैजाने बैंकको विश्वास छछ ।यस्तो खालको सेवाले नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकले राखेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।