दुई तिहाइको विश्वासको मत पाएपछि प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ६ २०८१
7.4K
SHARES

६ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट विश्वासको मत प्राप्त भएकोमा सांसदहरुलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आभार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सांसदहरुको विश्वासलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदूपयोग गर्ने बताएका छन् ।आज भएको मतदानमा प्रधानमन्त्रीलाई १८८ जना सांसदले विश्वासको मत दिएका थिए । यो संसदको कुल संख्याको दुई तिहाइभन्दा बढी हो ।