दोहोरो अंकले घट्यो नेप्से
९ साउन काठमाडौं । शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आएको छ। लगातार बढिरहेको बजारमा आज २७.३२ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २५३६.११ को विन्दुमा ओर्लेको छ। घटेको बजारमा आज ४६ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। १९४ कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटा समूहमात्रै बढेको छ भने ११ वटा घटेको छ। बढ्ने समूहमा वित्त र होटेल तथा पर्यटन समूह छन्। हिजोको तुलनामा कारोबार भने बढेको छ। आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
हिमालयन रिइन्स्योरेन्सः ३६ करोड ७ लाख रुपैयाँ
शिवम सिमेन्टः ३४ करोड २२ लाख रुपैयाँ
अपर तामाकोशीः २९ करोड ४७ लाख रुपैयाँ
हिमाल दोलखा हाइड्रोपावरः २३ करोड १३ लाख रुपैयाँ
सानिमा जीआईसी इन्स्योरेन्सः २२ करोड ७८ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः २२ करोड ३५ लाख रुपैयाँ
माउन्टेन इनर्जीः २१ करोड ९९ लाख रुपैयाँ
हिमालयन डिस्टिलरीः २१ करोड ४१ लाख रुपैयाँ
सोल्टी होटलः २१ करोड ५ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ४८ लाख रुपैयाँ