हिमालयन लाइफका सञ्चालक दुगडको राजिनामा स्वीकृत


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ९ २०८१
1.8K
SHARES

९ साउन काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजिनामा स्वीकृत भएको छ । दुगडले ब्यक्तिगत ब्यस्तताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते राजिनामा दिएका थिए ।

उनले दिएको राजिनामालाई कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।