ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १० २०८१
3.3K
SHARES

१० साउन काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज साउन १० गते बसेको बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो भदौ १ गतेबाट लागू हुनेछ। हाल उनी बैंकको सिनियर डेपुटी सीईओ छन्।

हाल बैंकको सीईओ रत्नराज बज्राचार्य छन्। उनको कार्यकाल साउन मसान्तबाट सकिँदैछ। रेग्मी बैंकिङ क्षेत्रमा साढे ३ दशकदेखि सक्रिय छन्। उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। रेग्मीले अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतबाट एमबीएको पढाइ पूरा गरेका छन्। सञ्चालक समितिको सोही बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंकी भागिरथी भट्टराई ज्ञवालीलाई पनि नियुक्त गरेको छ।