राष्ट्र बैंकको प्रवक्तामा पौडेल नियुक्त
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १४ २०८१
1.6K
SHARES
१४ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) पौडेललाई साउन १४ गतेदेखि लागु हुने गरी प्रवक्ता तोकिएको हो ।
अर्थशस्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक छन् । यस अघि राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट