संसदीय छानबिन विशेष समितिको बैठकमा गृहमन्त्री, सचिव र आईजीपी


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १४ २०८१
1.7K
SHARES

१४ साउन काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठक जारी छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा केहीबेरदेखि समितिको बैठक बसिरहेको हो।

आजको बैठकमा गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर पनि सहभागी छन्। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडित लगायत विभिन्न सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको छ।