सुन तोलामा १ हजार ८०० रुपैयाँ महँगियो
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १६ २०८१
2K
SHARES
१६ साउन काठमाडौं । सुनको भाउ फेरि महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ बढेको हो । अघिल्लो दिन नेपाली बजारमा १ लाख ४६ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज बढेर १ हजार ७८० रुपैयाँ कायम भएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट