आज शेयर कारोबारले रच्यो इतिहास
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १६ २०८१
3.9K
SHARES
१६ साउन काठमाडौं । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० अंक पुगेको छ । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । भने, ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।आज ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर करोबार भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट