कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरबीच सम्झौता


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १६ २०८१
2.1K
SHARES

१६ साउन काठमाडौं । कुुमारी बैंक लिमिटेड र गोल्फूटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लिबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआर द्वारा गर्दा १५% सम्म छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।