सहुलियतपूर्ण कर्जामा महालेखाले अडिट गर्दै
१८ साउन काठमाडौं । सहुलियपूर्ण कर्जा कार्यक्रमको कार्यमूलक लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने भएको छ । महालेखापरीक्षक कार्यालयले आगामी वर्ष कार्यमूलक लेखा परीक्षण गर्ने गरी छनोट गरेको २१ विषयमा सहुलियतपूर्ण कर्जा कार्यक्रम समेटिएको हो ।महालेखापरीक्षक कार्यालयले विभिन्न सरकारका कार्यक्रमका विषयमा कार्यमूलक लेखा परीक्षण गर्नेगर्छ । गत वर्ष ९ वटा विषयमा कार्यमूलक लेखा परीक्षण गरेको थियो । चालु आर्थिक वर्षमा २१ वटा विषयमा कार्यमूलक लेखा परीक्षण गर्न लागिएको छ ।
सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिने कार्यक्रमको विषयमा अध्ययन गर्न लागिएको कार्यालयले जनाएको छ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिताका विषयमा अध्ययन गर्न लगाएको भण्डारी एण्ड जोशी फर्मलेसमेत सहुलियतपूर्ण कर्जाको व्यापक दुरुपयोग भएको ठहरसहित नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाएको थियो ।