सुनको भाउमा नयाँ रेकर्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
1.8K
SHARES

२१ साउन काठमाडौं । सुनको भाउमा सोमबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।