विकास बैंकहरुको नाफा ५ अर्ब बढी


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
3K
SHARES

२१ साउन काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रियस्तरका विकास बैंकहरुले साढे ५ अर्ब रुपैयाँ बढी नाफा कमाउन सफल भएका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।अघिल्लो वर्ष यी बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ९.३९ प्रतिशतले नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक अग्र स्थानमा रहेको छ । बैंकले यसअवधिमा १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा सर्वोधिक नाफा बढाउने कम्पनीमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा ९२.४७ प्रतिशतले बढाएर ५२ करोड ४ लाख रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

साथै, यसअवधिमा नाफा सबैभन्दा धेरै हुने कम्पनीको दोस्रो नम्बरमा गरिमा विकास बैंकको १०.१६ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ, तेस्रो नम्बरमा रहेको शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको ७.९९ प्रतिशतले घटेर ६९ करोड ७४ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको लुम्बिनी विकास बैंकको २१.३२ प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ र पाँचौ नम्बरमा रहेको खकामना सेवा विकास बैंकको ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

यता, महालक्ष्मी विकास बैंकको २४.५२ प्रतिशतले बढेर ४७ करोड १ लाख रुपैयाँ र ज्योति विकास बैंकको १८.३३ प्रतिशतले घटेर २४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।