बढ्दो खराब कर्जा


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २२ २०८१
1.3K
SHARES

२२ साउन काठमाडौं । बैंकहरुको खराब कर्जा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खराब कर्जा बढेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार १४ वाणिज्य बैंकको खराब बढेको छ भने ६ बैंकको भने घटेको छ ।हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ। समीक्षा अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा अत्यधिक बढेको छ ।

एनआईसीको खराब कर्जा २८७.५ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु पुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ०.७९ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आर्थिक वर्षको सोहि अवधिमा ०.७१ प्रतिशत रहेको छ ।

खराब कर्जा कम हुने बैंकको दोस्रो स्थानमा सानिमा बैंक १.७३ प्रतिशत, तेस्रोमा नेपाल एसबिआई बैंकको २ प्रतिशत, चौथोमा स्टान्टर्ड चार्टर्ड बैंकको २. १४ प्रतिशत, पाँचौमा सिद्धार्थ बैंकको २.२२ प्रतिशत रहेको छ । यस्तै एनएमबि बैंकको ३.२७ प्रतिशत, नेपाल बैंकको ३.२८ प्रतिशत, कृषि विकास बैंकको ३.४४ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६५ प्रतिशत रहेको छ ।

यसैगरी नबिल बैंकको ३.८५ प्रतिशत, सिटिजन्स बैंकको ४.०७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशत, प्राइम बैंकको ४.६७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.७२ प्रतिशत, प्रभु बैंकको ४.७८ प्रतिशत, हिमालयन बैंकको ४.९१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.९५ प्रतिशत र कुमारी बैंकको ४.९५ प्रतिशत खराब कर्जा रहेको छ ।