बैंकहरुको बढ्दो निष्क्रिय कर्जा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २३ २०८१
2.5K
SHARES

२३ साउन काठमाडौ । वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको पाइएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये १३ बैंकको निष्क्रिय कर्जा बढेको छ ।

आ.व. २०८०–८१ मा कुमारी, हिमालयन, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई र एभरेष्ट बैंकले मात्र निष्क्रिय कर्जा घटाएका छन् । तीन वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा उच्च छ । उनीहरूको निष्क्रिय कर्जा ४.९ प्रतिशतभन्दा बढी छ । यसैगरी अन्य ५ बैंकको निष्क्रिय कर्जा ४ प्रतिशतभन्दा बढी रहँदा सात बैंकको ३ देखि ४ प्रतिशतको बीचमा रहेको छ । यस्तै, २ देखि ३ प्रतिशतको बीचमा निष्क्रिय कर्जा रहेका बैंकको संख्या तीन छ ।

सानिमा बैंकको कुल कर्जाको १.३१ प्रतिशत निष्क्रिय कर्जा हुँदा एभरेष्टको ०.७१ प्रतिशतमात्रै छ । सबैभन्दा कम निष्क्रिय कर्जा हुने बैंकमा एभरेष्ट बैंक छ । एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी छ ।

यो बैंकको निष्क्रिय कर्जाको आकार ०.८८ प्रतिशतबाट २.५३ प्रतिशत बिन्दुले बढेर ३.४१ प्रतिशत पुगेको हो । लक्ष्मी सनराइज, माछापुच्छ्रे र ग्लोबल आइएमई बैंकको निष्क्रिय कर्जा पनि १ प्रतिशत बिन्दुभन्दा बढीले वृद्धि भएको छ ।