सुनको मूल्य बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २४ २०८१
1.7K
SHARES

२४ साउन काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन २४ क्यारेट (छापावाल) सुन प्रतितोला एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ ।चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।