पछिल्लो समय सस्तियो कर्जा
२५ साउन काठमाडौं ।बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधारका रुपमा आधार दर (बेस रेट) लाई लिने गरिन्छ । बैंकहरुको यस्तो आधार दर पछिल्लो समय घट्दै गएको छ । अहिले बैंकहरुको आधार दर ६ प्रतिशतसम्म झरेको छ।
बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबै बैंकबाट एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था देखिएको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा २ बैंकको आधार दर ६ प्रतिशत, ५ बैंकको ७ प्रतिशत, ११ बैंकको ८ प्रतिशत र २ बैंकको ९ प्रतिशत छ ।
बैंकहरुले आधार दरमा केही प्रतिशत प्रिमियम थप गरी ग्राहकलाई कर्जा दिने गर्छन्। विगतमा धेरै तरलता हुँदा बैंकहरुले आधा दरमै पनि कर्जा दिएका छन्। बैंकहरुमा अहिले ७ खर्ब बढीको लगानीयोग्य रकम छ। जसले गर्दा बैंकहरु अत्यन्तै न्युन प्रिमियममा नै कर्जा दिन थालेका छन्।
कुन बैंकको आधारदर कति ?
१.स्ट्यान्डर्ड चाटर्ड बैंक
स्ट्यान्डर्ड चाटर्ड बैंकको आधार दर सबैभन्दा कम ६.६ प्रतिशत छ ।
२.राष्ट्रिय वाणिज्य
राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.७१ प्रतिशत छ।
३.एभरेष्ट बैंक
एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत रहेको छ ।
४.नबिल बैंक
नबिल बैंकको आधार दर ७.६३ प्रतिशत रहेको छ ।
५.नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाको आधारदर ७.८२ प्रतिशत रहेको छ ।
६.सानिमा बैंक
सानिमा बैंकको आधारदर ७.८३ प्रतिशत रहेको छ ।
७. नेपाल बैंक
नेपाल बैंकको ७.९७ प्रतिशत छ ।
८.एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकको आधार दर सबैभन्दा धेरै ९.१९ प्रतिशत छ ।
९.हिमालयन बैंक
हिमालयन बैंकको आधारदर ९.०८ प्रतिशत रहेको छ ।
१०.कुमारी बैंक
कुमारी बैंकको आधार दर ८.८९ प्रतिशत छ ।
११. लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकको ८.५२ प्रतिशत छ ।
१२.प्राइम कमर्शियल बैंक
प्राइम कमर्शियल बैंकको ८.४९ प्रतिशत छ ।
१३.१३.एनएमबि बैंक
एनएमबि बैंकको ८.४२ प्रतिशत छ ।
१४.एसबिआई बैंकको ८.३ प्रतिशत छ ।
१५.सिटिजन्स बैंकको ८.२६ प्रतिशत छ ।
१६. माछापुच्छ्रे बैंकको ८.२६ प्रतिशत छ ।
१७.सिद्धार्थ बैंकको ८.११ प्रतिशत छ ।
१८.कृषि विकास बैंकको ८.०९ प्रतिशत छ ।
१९. ग्लोबल आइएमई बैंकको ८.०९ प्रतिशत छ ।
२०.प्रभु बैंकको ८.०२ प्रतिशत रहेको छ ।
बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन्। अहिले लगानीयोग्य रकम धेरै भएको अवस्थामा बैंकहरुले कम प्रिमियम राखेर नै कर्जा दिइरहेका छन्।